घलेगाउँमा चार दिने उद्घोषण तालिम सम्पन्न
लमजुङ | फागुन २१, २०७९
घलेगाउँ: लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं. ३, उत्तरकन्या, घलेगाउँमा चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । मंगलबारदेखि सुरु भएको सो तालिमको शुक्रबार समापन भएको हो ।
तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्य गुरुङले तालिममा सिकेका कुरालाई जीवन व्यवहारमा उतार्न सुझाव दिनुभयो । जनताको अपेक्षा अनुसार गाउँपालिकाले काम गर्ने प्रयास गरिरहेको बताउँदै अध्यक्ष गुरुङले बजेट सीमित भएपनि आवश्यकतालाई हेरेर पालिकाले सधैं सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महिलाहरू सक्षम भए मात्र समाजको विकास हुने भन्दै उहाँले घरको चुलोचौकोमा मात्र सीमित नभइ महिलाहरू क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, वडाध्यक्ष आशवीर गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । कार्यपालिका सदस्य हेमन्ता गुरुङले समय व्यतीत गर्न मात्रै तालिममा सहभागी हुनुको अर्थ नहुने भन्दै प्रशिक्षकको मेहेनत र प्रशिक्षार्थीको अभ्यासले तालिम सफल बनेको विश्वास व्यक्त गर्नुभयो ।
कार्यपालिका सदस्य गंगाबहादुर घलेको अध्यक्षतामा भएको समापन कार्यक्रममा दलित महिला वडा सदस्य पार्वती सुनार, वडा महिला सदस्य शान्ति गुरुङ, समाजसेवी नवराज घले, तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै, प्रशिक्षार्थीको तर्फबाट टमकुमारी घले, लीला विक, सोनाली गुरुङ, कृति घले, कमला घले, टेककाशी गुरुङले तालिमको अनुभवबारे आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

